बुटवलको आधुनिक पशु वधशाला सञ्चालनमा आउँदै काठमाडौं, १ असोज।बुटवलको आधुनिक पशु वधशाला सञ्चालनमा आउने भएको छ।बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैँक लिमिटेडबीच यही असोजदेखि पशु वधशाला सञ्चालन गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा वधशाला सञ्चालनमा ल्याउनेछ। बुटवल–१०रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः बोलपत्र आह्वान गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्