विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद काठमाडौं, १ आसोज। परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरे। संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन न्यूयोर्क गएका मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको सङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्