बाँकेमा विस्फोटक पदार्थ विस्फोट काठमाडौं, भदौ ३१। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८,नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट हुदा राजमार्गको आधा खण्ड उडेको छ।उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ।विस्फोटबाट मानवीय क्षति भएको छैन।तर सडक किनारमा ठूलो खाल्डो परेका कारण केहि समय सवारी साधन एकतर्फी मात्र सञ्चालन भएको थियो। अहिले डिभिजन कार्यालयको टोलीले खाल्डो पुरेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्