डाक्टरहरु आन्दोलनमा, अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प काठमाडौं,भदौ ३१।आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा सञ्चालन भएको छैन।नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवाबाट बन्चित भएका छन्।गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नयाँ बिरामी नजाँच्ने निर्णय डाक्टरहरुले गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्