हेटौंडामा डाक्टर कुट्ने ४ जना प्रहरीद्वारा पक्राउ काठमाडौं। हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो। चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। बुधबार डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथिसांघातिक आक्रमण भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्