त्रिविको ४९ औँ दीक्षान्त समारोहका लागि आवेदन खुला
काठमाडौं, ३भाद्र।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८०का लागि आवेदन खुला गरेको छ।२०७९ असार १गतेदेखि २०८०जेठ ३२गतसम्म उत्र्तिण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो। सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूले आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्
