हाम्रो स्मृतिमा रहेका सबै काण्डहरुको फाइल खोलौं, दोषी नेता होस् वा नाता कसैलाई नछोडौं : गगन थापा काठमाडौं, २९ साउन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन्। सोमबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै महामन्त्री थापाले भने,‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्,ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्,तर दोषी छ भने जुनसुकै दलको होस्,नेता होस्, नाता होस्,सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्