सस्तियो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, २४ साउन। बुधबार सुनको मुल्य तोलामा १०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ११ हजार ४५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार एक तोला सुनको मूल्य १ लाख १२ हजार १०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्