लमही-घोराही सडक एकतर्फी सञ्चालन
काठमाडौं, २३ साउन। गएराती खसेको पहिरोका कारण अवरुद्ध घोराही(लमही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। वर्षाका कारण उक्त सडकखण्डको कुलमोहर र चिसापानीको खसेको पहिरो अहिले हटाइएको छ। सोमबार राति १२ बजे पहिरो झर्दा अवरुद्ध भएको सडक बिहान साढे सातबजेपछि एकतर्फी सञ्चालन गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। सोमबार पनि सडकखण्ड चार घण्टा अवरुद्ध भएको थियो।
प्रतिक्रिया दिनुहोस्
