सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा काठमाडौं, १८ साउन। सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा उनले भनिन्,‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ। सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन। त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्