प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण खर्च झण्डै १ करोड काठमाडौं, १८ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ मा गरेको भारत भ्रमणमा झण्डै एक करोड रुपैयाँ खर्च भएको छ।अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५लाख २७हजार रुपैयाँ खर्च भएको हो। असार २०८०मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ।मन्त्रिपरिषद्को जेठ १५को बैठकले उक्त खर्च स्वीकृत गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्