प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसीसी कार्यान्वयनबारे देखाए चासो काठमाडौं, १८ साउन। नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। राजदूत थम्पसनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन, दुई देशको सम्बन्ध, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा छलफल भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्