महोत्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु काठमाडौं, १४ साउन। महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका-९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन्। मावली गाउँ महोत्तरीको सोनमा गाउँपालिका-५ खैरबनी आएका दुबै बालिकाको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्