चुनावी खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना काठमाडौं, ०८ साउन। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ। निर्वाचनको अन्तिम परिणाम आएको ३५ दिनभित्र खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना लगाउने निर्णय गरेको हो। आयोगका अनुसार २४ सय बढी उम्मेदवार कारबाहीमा परेका छन्। सात दिनभित्र जरिवाना नतिरे थप १५ हजार जरिवाना थपिने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्