बालुवाटार जग्गा प्रकरणः बन्दीको रिटमा सुनुवाइ सकियो
काठमाडौं, ५ साउन। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चारजनाको बन्दी प्रत्यक्षीकरण रिटको मुद्दाको सुनुवाइ सकिएको छ।सुनुवाइ सकिएसँगै यो मुद्दामा आजै आदेश आउने बताइपएको छ।गत असार १२ गते पक्राउ परेका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले रिहाइको माग गर्दै असार १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
