कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने काठमाडौं, ०२साउन। बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने,छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने,दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्