तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य काठमाडौं, २९ असार। शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार एक तोला सुनको मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्