फिर्ता भए विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी काठमाडौं, १० असार।गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरेको छ । जसमा नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जन रहेका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन्।विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०८० को मस्यौदासमेत तयार भएको श्रेष्टको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्