प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल
काठमाडौं, ०७असार।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटमा भर्खरै घोषणा गरिएको समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच गम्भीर छलफल भएको छ। समाजवादी मोर्चा गठन भएपछि यो उनीहरुको पहिलो भेट हो।
प्रतिक्रिया दिनुहोस्
