शुक्रबार संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिँने
काठमाडौं, ०५ असार।प्रतिनिधि सभामा आगामि शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उक्त कार्यक्रम निर्धारण गरिएको हो। यसमा वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ वटा समूहमा विभाजन गरिएको छ। सांसदहरुले प्रश्न सोध्नका लागि मंगलबार पाँच बजेभित्र आफ्नो नाम लिखित रुपमा बुझाउनुपर्नेछ। यो महिना समूह १ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्
