देशलाई अस्थिरताबाट रोक्न मधेश सरकारलाई एमालेको समर्थन ः महासचिव पोखरेल
काठमाडौं,३१ जेठ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई विश्वासको मत दिएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको उल्लेख गरेका छन्। साथै अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको उनले लेखेका छन्।मधेशका मुख्यमन्त्री यादवले मंगलबार प्रदेशसभामा उपस्थित सबै सांसदबाट पुनः विश्वासको मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस्
