प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु काठमाडौं, २९जेठ। प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। लु१च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी-४ भिङ्ग्रीकोटमा दुर्घटना भएको थियो। कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए। सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।उपल्लो घुम्तीबाट कार अर्को घुम्तीमा खसेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्