जितसँगै जोगियो थ्रीस्टार,एपीएफ रेलिगेसनमा काठमाडौं, २७ जेठ। शनिबार जावलाखेल युथ क्लवमाथि १–० को रोमाञ्चक जित निकालेपछि थ्रीस्टार क्लब रेलिगेसनबाट जोगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सिजनको अन्तिम खेलमा थ्रीस्टारले जावलखेलमाथि संघर्षपूर्ण जित निकालेपछि ए डिभिजनमै आफ्नो स्थान सुरक्षित गरेको हो। थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने रेलिगेसनमा परेको छ। २०६२ सालबाट ए डिभिजन लिग खेलिरहेको एपीएफ पहिलो पटक बी डिभिजनमा घटुवा भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्