सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्टहरू अत्तालिए: प्रधानमन्त्री काठमाडौं, २७ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन्। शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रचण्डले सरकारको एकपछि अर्को एक्सनले भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताए। उनले सरकारको भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने पनि बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्