आज च्याम्पियन्स लिगको फाइनल खेल हुँदै, कस्ले जित्ला उपाधि ? काठमाडौं, २७ जेठ। युरोपियन च्याम्पियन्स लिगको फाइनलमा आज इन्टर मिलान र म्यानचेस्टर सिटी भिड्दैछन्। प्रिमियर लिग जितिसकेको सिटी उच्च मनोबलमा छ। टोली क्लब इतिहासमै पहिलो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्न चाहन्छ।इन्टरविरुद्धको खेलमा सिटीले जित्ने धेरैले अनुमान गरे पनि इन्टर त्यति कमजोर भने छैन। फाइनल खेल इस्तानबुलको एटाटुर्क ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार आइतबार बिहान १२ः४५ सुरु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्