बरु सरकार छाड्छौं, यथास्थितीमा बजेट पास हुन दिँदैनौँ : माधव नेपाल काठमाडौं, २६ जेठ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रस्तुत गरेको बजेट यथास्थितीमा पास हुन नसक्ने बताएका छन्। शुक्रवार पार्टीनिकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै नेपालले बजेट असन्तुलित भएको उल्लेख गर्दै पास हुन नदिने बताएका हुन्। भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरु र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै उनले सरकार छोड्न परेपनि अन्यायको विरुद्ध लड्ने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्