पहिचानको नाममा अराजकता सरकारलाई स्वीकार्य हुँदैन:गृहमन्त्री काठमाडौं, २६ जेठ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलन राजनीतिक मर्यादाबाहिर गएको बताएका छन्। नेकपा एमालेले पहिचानको नाममा नेताहरुमाथि आक्रमण गर्नेसम्मका कार्य हुन थालेको भन्दै बिहीबार प्रतिनिधिसभामा सरकारसँग जवाफ मागेको थियो। त्यसक्रममा जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजक गतिविधिलाई सरकारले छुट नदिने बताए।श्रेष्ठले कुनैपनि अराजक गतिविधिलाई रोक्न सरकार सक्षम रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्