५० हजार घुससहित जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन पक्राउ काठमाडौं, २६ जेठ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंमा प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई शुक्रबार पक्राउ गरेको हो।सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई संखुमुलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरि दिने भन्दै ५० हजार घुस लिएको अख्तियारले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्