पहिचानवादीले गरेको आक्रमणमा सत्ताधारीको संलग्नता देखिएको एमालेको आरोप काठमाडौं, २६ जेठ। नेकपा एमालेले कोशी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै आपत्ति जनाएको छ। शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराइले एमाले नेताहरूमाथि नियोजित रुपमा आक्रमण भइरहँदा प्रहरी र प्रशासन रमिते भएको भन्दैआपत्ति जनाए।भट्टराईले यस किसिमको आक्रमण एमालेविरुद्ध जारी रहेमा स्वीकार्य नहुने पनि बताएका छन्। भट्टराईले यो प्रकरणमा सरकारको मौनताको प्रतिकार गर्ने पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्