प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धिहीन : मसाल काठमाडौं, २६ जेठ। नेकपा मसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएको छ। मसालको हालै बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको महामन्त्री मोहनविक्रम सिंहले वक्तव्यमार्फत जनाएका छन्।अतिक्रमित कालापानी क्षेत्रलाई भारतसँग सट्टापट्टा गर्न खोजेको आशंका गर्दै मसालले प्रधानमन्त्रीले भारत भ्रमणका सन्दर्भमा देशहितका कुनै पनि विषयमा पहलकदमी लिन नसकेको ठहर गरेको छ।यस्तै, मसालले संघीयता खारेजीमा जोड दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्