निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै काठमाडौं, २६ जेठ। निर्वाचन आयोगले आज पाँच विषयमा राजनीतिक दलहरूसँग छलफल गर्दै छ। छलफलका लागि प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बिहान साढे ११ बजे आयोगको कार्यालयमा आउन निमन्त्रणा गरिएको छ। दलहरुसँग निर्वाचन कार्यालयको खारेजी, निर्वाचन कानुनको विधेयक, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन, दलको लेखा तथा लेखापरीक्षणलगायतका पाँच एजेण्डामा छलफल गर्न लागिएको आयोगले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्