स्कटल्यान्डसँग नेपाल सात विकेटले पराजित काठमाडौं, २५ जेठ। एकदिवसीय विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासरत नेपाली क्रिकेट टिम स्कटल्यान्डसँग सात विकेटले पराजित भएको छ। बिहीबार दक्षिण अफ्रिकाको टक्स ओभलमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १३६ रनको लक्ष्य स्कटल्यान्डले २९ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउँदै एकसय ३२ रनको योगफल तयार पारेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्