विद्युतीय सवारीको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्छ : राजेन्द्र लिङ्देन काठमाडौं, २५ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्ने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गरे। अर्थमन्त्रीले करको दर र दायरा जथाभाबी रुपमा बढाउने काम गरेको आरोपसमेत लगाए। बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति नहुने उनको जिकिर थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्