नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छः बाबुराम भट्टराई काठमाडौं, २५ जेठ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताएका छन्। बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए। उनले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो औंल्याए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्