‘अखण्ड भारत’को नक्साबारे नेपालले कुरा बुझिसकेको भारतको दाबी काठमाडौं, २५ जेठ। भारतीय संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सालाई लिएर अब नेपालले विवाद नगर्ने भारतीय विदेशमन्त्री एस जयशंकरले दाबी गरेका छन्। बिहीबार पत्रकारहरुसँग गरिएको विशेष ब्रिफिङका क्रममा जयशंकरले यस्तो दाबी गरेका हु्न्। नक्सामै अशोका इम्पायरका बेलाको विवरण लेखिएले त्यो सांस्कृतिक कुरा मात्रै भएको उनको जिकिर थियो।यस विषयमा नेपालका नेतृत्वलाई कुरा बुझाइ सकिएको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्