सरकार नै पहिचानवादको पक्षमा लागेर देशभर जनता भड्काइरहेको केपी ओलीको आरोप काठमाडौं, २५ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए। कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटना भइरहेको उनको दाबी थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्