बजेटले निजी क्षेत्रलाई निरुत्साहन बनायो : विनोद चौधरी काठमाडौं, २५ जेठ।नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटले निजी क्षेत्रलाई निरुत्साहन बनाएको बताएका छन्।बजेटमाथिको छलफलमा प्रतिनिधिसभामा भाग लिँदै चौधरीले करका दरहरुले निजी क्षेत्र निरास भएको बताए। कांग्रेसको उदार आर्थिक नीति र निजी क्षेत्रलाई अगाडि बढाउने कामलाई समेटेपनि करका दरमा त्यो नदेखिएको टिप्पणी गरे ।पुँजीगत खर्चलाई प्रभावकारी बनाउन बजेटले केही नयाँ सोच र दृष्टिकोण सहितवर्किङ मोडालिटी अगाडि सारेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्