मधेश प्रदेश सभा बैठक माओवादी केन्द्रले बहिष्कार गर्ने काठमाडौं,२५ जेठ।आज बस्ने मधेश प्रदेशसभा बैठक माओवादी केन्द्रले बहिष्कार गर्ने भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ।उक्त छलफलमा सहभागी नहुने माओवादीले जनाएको छ।प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकोले बहिस्कार गर्ने माओवादीले स्पष्ट पारेको छ।गत मंगलबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्