प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी प्रदेशकै पहिलो केबलकार उद्धघाटन काठमाडौं, जेठ २५।लुम्बिनी प्रदेशमा पहिलो पटक लुम्बिनी केबलकार सञ्चालनमा आएको छ। बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन्।केबलकारको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए।आजैदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको उक्त केबलकार आइएमई समूहको लगानीमा बनेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्