बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले दिए सांसद पदबाट राजीनामा काठमाडौं, २७ जेठ। बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन्। उनले तत्काल लागू हुनेगरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका हुन्। उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ। २०२२ मा प्रधानमन्त्रीको पद त्यागेपनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए।जोनसन अहिले संसदीय छानबिनको क्रममा छन्। संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्