प्रधानमन्त्री प्रचण्डको गुनासो,‘भारतबाट फर्कदा भव्य स्वागत होला भनेको आलोचना मात्रै भयो’ काठमाडौं, २४ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण सकेर नेपाल फर्कदा भव्य स्वागत होला भन्ने आफूले सोचेको बताएका छन्। बुधबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले देशका लागि उपलब्धिपूर्ण काम गरेर फर्किँदा भव्य स्वागतको साटो गाली खानुपरेको गुनासो गरेका छन्। उनले भने,‘भारतबाट फर्किएर आउँदा भव्य स्वागत होला भन्ने सोचेको थिएँ। तर सकी नकसी बल गरेर आलोचना गर्ने काम भएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्