प्रतिनिधि सभाको वैठक अवरुद्ध गर्ने एमालेको घोषणा
काठमाडौं, २१ जेठ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसद अवरुद्ध गर्न लागेको हो। एमाले प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणिकरण्को प्रक्रिया असंवैधानिक भएको भन्दैसंसद सञ्चालन गर्न नदिने बताएका छन्।आइतबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन।
प्रतिक्रिया दिनुहोस्
