टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छः रेशम चौधरी काठमाडौं, १५ जेठ। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन्। चौधरीले उनीहरुको न्यायका लागि आफूले सघाउने पनि बताए। आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले टिकापुर घटनामा सहादतप्राप्त व्यक्तिका परिवारले पनि न्याय पाउनुपर्ने बताएका हुन्। चौधरीले टिकापुर घटनाको शुद्ध छानबिनका लागि पुनः उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्