राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनालाई आममाफी, ४८२ कैदीको बाँकी कैद मिनाहा काठमाडौँ, १४ जेठ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनालाई आममाफी दिएका छन्। त्यस्तै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिसअनुसार पौडेलले सो निर्णय गरेका हुन्। आममाफी मिनाहापछि उनीहरु सोमबार छुट्नेछन्। कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्