काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो काठमाडौं, १४ जेठ। काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ। डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने तेस्रो स्थानमा सीमित बनेको हो। नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो।सेमिफाइनलमा काजाकस्तानसँग हारेपछि नेपालले उज्वेकिस्तानसँग तेश्रो स्थानका लागि खेलेको हो। उज्वेकिस्तान भने सेमिफाइनलमा भारतसित पराजित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्