रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस काठमाडौं, १४ जेठ। मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई गणतन्त्र दिवसका अवसरमा उनको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गर्ने निर्णय गरेको हो।चौधरीसँग अन्य केहीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्