पीएसजीले जित्यो कीर्तिमानी ११औँ पटक लिग वान उपाधि काठमाडौं, १४ जेठ। स्टार्सबर्गसँग १-१ को बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मन (पीएसजी)ले कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ।लियोनल मेसीले ५९औँ मिनेटमा काइलियन एमबाप्पेको पासमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। युरोपियन शीर्षपाँच लिगमा मेसीको यो ४९६औँ गोल हो। यो सिजनको अन्त्यसँगै पीएसजीसँगको मेसीको सम्झौता सकिने वाला छ। पीएसजीले लिगको अन्तिम खेलमा आगामी शनिवार क्लेरमोन्टको सामना गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्