नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई समेट्न सकेन : सन्तोष परियार काठमाडौं, १३ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राजनीतिक व्यवस्था परिवर्तन गरिए पनि प्रवृत्ति परिवर्तन गर्न नसकेको भन्दै दुखेसो पोखे। उनले भ्रष्टाचार नियन्त्रण गर्ने योजना पनि नीति तथा कार्यक्रममा नआएको उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्