शरणार्थी प्रकरणमा ओलीलाई विश्वप्रकाशको जवाफ : फैसला सुनाउन हामी न्यायाधीश होइनौं काठमाडौं, १३ जेठ। नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा राखेको भनाइप्रति आपत्ति जनाएका छन्। नक्कली भुटानी शरणार्थीका विषयमा ओलीले संसदबाट निर्दोषलाई फसाउन खोजिएको भन्दै दिएको अभिव्यक्तिप्रति उनले विमति जनाएका हुन्। सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले दोषी र निर्दोषी भनेर फैसला सुनाउन आफूहरु न्यायाधीश नभएको कटाक्ष गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्