बेंग्लोर उडेको निगमको जहाज चरा ठोक्किएको आशंकामा काठमाडौं फर्कियो काठमाडौं, १३ जेठ। काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ।शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको हो। धावनमार्गमा चरा नभेटिएको र प्राविधिकहरुले उक्त जहाजको परीक्षण गर्दा जहाजमा कुनै क्षति नभेटिएको पाइएको त्रिभुवन विमानस्थलले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्